बाँगीमा सुधारिएको चुला , वातावरण सन्तुलन दाउराको बचत

हरि कुँवर 
बाँगी १० साउन –  अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड -५ बाँगीमा धुवाँ रहित सुधारीएको चुलो कार्यक्रम सुरु भएको छ । कार्यक्रम ले मालारानीका अधिकांस घर सफा , वातावरण सन्तुलन र दाउराको बचत भएको छ । 
अर्घाखाँचीमा “स्वस्थ चुलो नेपाल”  नामक गैरसरकारी संस्थाले दाता  Die Ofenmacher e . V. Germany को आर्थिक सहयोगमा  ” धुवाँरहित चुलो कार्यक्रम ” ल्याएको हो । अर्घाखाँचीमा किरण लामाको अध्यक्षता मा २७ जना को टोलि यस कार्यक्रम को लागी खटाइएको छ । चुलोको समान व्यवस्थापन गर्ने जिम्मेवारी  शिव आले ले पाएका छन । 
मालारानीका २२१ वटा घरमा सुधारिएको चुला बनाएको चुलाकारीगर  कुलदिप थापा मगर ले बताए । सुधारीएको चुलोले सफा भान्सा ,थोरै दाउरामा खाना पाक्ने भएकोले दाउरा बचत भइ जंगल जोगीने हुन्छ ।  धुवाँ रहित चुलोले आखा चिलाउने खोकी लाग्ने जस्ता समस्या बाट बच्न पनि सकिन्छ । सुधारिएको चुलोको सहि उपयोग गरेमा आगलागी तथा पोल्ने घटना कम हुने  कुलदिप थापा मगर बताउछन । 
स्वस्थ चुलोको मर्मत ठुलो परिवार भएमा १५ दिनमा गर्नु पर्ने हुन्छ । यदि सानो परिवार छ भने २५ दिनमा चुलो सफा गर्नु पर्ने थापा मगर बताउछन  । मालसामान र ज्याला सहित शुल्क २०० लिने गरेको बताए । अधिक जानकारी लिन परेमा किरण लामा मोबाइल न. ९८६१५०६९७५ , कुलदिप थापा मगर- ९८४४९२०६७१, ९८१०९८५५५८ रहेको छ ।

अन्य समाचारहरु