अर्घाखाँचीभरका गाउँ- गाउँमा यातायात ठप्प, पहिरोका कारण सर्वसाधारण त्रासमा


बीरेन्द्र केसी कान्तिपुर 
सन्धिखर्क, अर्घाखाँची  । जिल्लाका ६ स्थानीय तहका ६१ वडामा हिउँदमा बस संचालन हुन्छन् । वर्षा लागेपछि ग्रामिण सडक अवरुद्ध भएका छन् । जिल्लाका मुख्य सडक पनि खाडल बनेका छन् । पानी जमेको छ । सडक बीचबाट भेल बग्छ । सदरमुकामका सडक हिउँदमा धुलो र वर्षामा हिलो मुक्त हुँदैनन् ।
शीतगंगा नगरपालिकामा अहिले गाडी चल्दैनन् । केही दिनदेखि सिद्धारा, सिमलपानी, जलुके, जुकेना लगायका बस्तीमा गाडी ठप्प छन् । सन्धिखर्क-गोरुसिंगे सडकखण्डको बुढीचैरा, ठाडादह, अमराई चक्ला हुँदै पथ्थरकोटसम्म पक्की सडक छ । सडकका केही ठाउँमा पहिरो गएको छ ।
त्यसले यात्रायात ठप्प भएपछि सर्वसाधारण पैदल हिंड्न बाध्य छन । पहिरोका कारण सर्वसाधारण त्रासमा छन् । सिद्धाराका सबैजसो कच्ची सडक भेलले बिगारेको छ । नयाँ ट्रयाक खोलेका सडक जति सबै भत्किएका छन । जहाँबाट मान्छे वारपार गर्न समेत मुस्किल छ ।
गाउँका सबैजसो कच्ची सडक भत्किएको शीतगंगा नगरपालिका

अन्य समाचारहरु