सुर्य भुसाल
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्य प्रसाद अधिकारिले आफुले ५ बर्षसम्म नगरपालिकाबाट राज्यले उपलब्ध गराउने पारिश्रमिक बापतको रकम शितगंगा नगरपालिका भित्रका १२ माध्यमिक बिधालयहरुको शैक्षिक सुधारका लागि उपलब्ध गराउने उदघोषको कार्यन्यन गर्नु भएको छ ।
उहाले एक समारोहबीच शितगंगा नगरपालिका वार्ड नम्बर १४ मा रहेको पाबरा माध्यमिक बिधालयलाई १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्नभएको हो । सो बिधालयको शैक्षिक सुधारका लागि आफुले राज्यकोषबाट आउने पारिश्रमिक पाबरा माध्यमिक बिधालयलाई हस्तान्तरण गर्न पाउँदा आफु निकै हर्सित रहेको बताउनु भयो ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिधालयका प्रअलाई वार्ड नम्बर १४ का अध्यक्ष दामोदर न्यौपाने सहित स्थानिय बासिको रोहवरमा चेक हस्तान्तरण गरिएको थियोे ।
नेपालको भौगोलिक रुपमा सबैभन्दा ठूलो नगरपालिकाले नमुना काम गरिरहेकाले सहयोग गर्न नगरबासिलाई आग्रह गर्नु भयो । नेपाली काङ्ग्रेसबाट नगरप्रमुखमा निर्बाचित अधिकारिले गरेको काम प्रति त्याहाका स्थानिय निकै हर्सित बनेका छन । अन्य जनप्रतिनिधिले त्यस्तै काम गरेमा बिधालयहरुको शैक्षिक सुधार हुने जिल्लाबासीको अपेक्षा गरेका छन ।