सन्धिखर्कमा राेटरी क्लव अर्घाखाँचीकाे १४ औ जिल्ला अधिवेशन सम्पन्न

हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची  श्रावण १७ । अर्घाखाँची राेटरी क्लव अर्घाखाँचीकाे १४ औ जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।
 राेटरि क्लब अर्घाखाँची का अध्यक्ष हरी दमासेकाे अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय सहायक गभर्नर राजेन्द्र ढकालले राेटरि बिपन्न ,असहाय काे दुखकाे साथि बनेकाे बताउँदै राेटरि जनतामा माझमा असल काम गरेर चिनिनु पर्ने बताउनु भएकाे छ ।उहाँले अर्घाखाँची मा किड्नी डाईलाेसिस केन्द्र अावस्यकता भएकाे बताउँदै यस्काे स्थापनाकाे निम्ति संस्था काे तर्फबाट सहयाेग रहने बताउनु भयाे ।अधिवेशनमा राेटरी क्लब दमाैलिका पूर्व अध्यक्ष महेन्द्र अधिकारिले संस्था काे गतिबिधिहरू बारे प्रकाश पार्नु भएको थियाे ।
कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा ,सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले समेत कार्य समितिलाई शुभकामना दिनु भएकाे थियाे । राेटरिका मानार्थ सदस्य समेत रहनु भयका उहाँहरूले संस्था लाई साथ सहयाेग प्रदान गर्ने समेत बताउनु भएकाे छ ।अधिवेशनले हरि प्रसाद दमासेकाे अध्यक्षताकमा २५ सदस्यीय जिल्ला कार्य समितिकाे गठन गरेकाे छ ।
जस्काे उपाध्यक्षमा गाेविन्द राज पाैडेल ,सचिव मा गाेपाल प्रसाद पन्थि ,काेषाध्यक्षमा तिर्थराज घिमिरे रहनु भएकाे छ ।कार्यक्रममा स्वागत राेटरि पूर्व अध्यक्ष लीलाराम गाैतम र सन्चालन सचिव गाेपाल पन्थीले गर्नु भएकाे थियाे ।

अन्य समाचारहरु