बाबुराम आचार्य
दक्षिण कोरिया २० साउन । अर्घाखाँचीबाट रोजगारीमा कोरियामा गएका युवाहरुको संगठन अर्घाखाँची कोरिया सम्पर्क मंचले वनभोज तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
कोरियाको गर्मी बिदाको अवसरमा कोरिया स्थित अर्घाखाँचीका सबै बैदेसिक रोजगारमा निस्किएका युवाहरुलाइ मनोरंजन एकापसमा घुलमिल साथै परिचय गरि सदभाव र आत्मीयतालाई अझै प्रगाढ गराउने उदेश्यले वनभोज तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको हो ।
अर्घाखाँची लगायत कोरिया स्थित विभिन्न संघसंस्थाका प्रतिनिधि साथै छिमेकी जिल्ला लगाएत अरु जिल्लाका युवाहरुको पनि कार्यक्रममा उपस्थिति रहेको अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाका अध्यक्ष सुन्दर पन्थीले बताउनु भयो ।
कार्यक्रमको दोस्रो दिन बिहानै विभिन्न युवाहरुको टोलि बनाइ खुट्टे भलिबलको आयोजना गरिएको थियो । उक्त भलिबल कार्यक्रममा पांच टोलिले प्रतिस्पर्धा गरेको थियो । धेरै हुटिङ र होहल्लाका बिच फर्सुराम पौडेलको टिमले प्रथम पुरस्कारको रासी हात पार्न सफल भयो । भने सोही टिमलाई पछ्याउदै प्रतिस्पर्धाको दोस्रो रासी संस्थाका अध्यक्ष सुन्दर पन्थीको टोलिले पाएको थियो । भलिबल कार्यक्रममा शालिक खनाल र लक्षमण बेलबासेले रेफ्रीको कुसलता पुर्बक कार्यगरी कार्यक्रमलाई टेवा पुर्याउनु भएको थियो भने भलिबल कार्यक्रमको सम्पुर्ण ब्यावस्थापन संस्थाका सल्लाहकार बिनोद खनालले गर्नु भएको थियो।
खुटे भलिबल कार्यक्रमको समापन लगतै कार्यक्रमलाइ संस्थाका सचिब दिपक खनाले संचालन गर्दै कार्यक्रमको औपचारिकता अध्यक्ष सुन्दर पन्थीले गर्नु भएको थियो । औपचारिक कार्यक्रममा नेपाल कोरिया सम्पर्क समितीका अध्यक्ष अन्जु केसिको प्रमुख आतिथ्य संस्थाका संरक्षक बाबुराम आचार्यको बिषेश अतिथी साथै सल्लाहकार स्टार रेमिटका प्रतिनिधि र केही गैर जिल्लाबासी साथिहरुले मन्तब्य राखेका थिए ।
सामुहिक लगानी संबधी अन्तक्रिर्या कार्यक्रम कोरियामा पहिलो पटक भएकोले प्रमुख अतिथी अन्जु केसिले एस्ले आफुमा केही आसा पलाएको बताउनु भयो । थियो भने बिशेश अतिथी बाबुराम आचार्यले पनि सामुहिक लगानी र संस्थाको निम्ति आफ्नो कुनै कसुर नराखी सहयोग गर्ने धारणा राख्नु भएको थियो।
कार्यक्रममा सम्पुर्णको परिचय संस्था प्रतिको धारणा कोरियाको बसाइको अनुभव र आर्थिक लगानी संबधी पालैपालो बोल्ने अवसर दिएर छलफल गरिएको थियो । धेरैजसो बक्ताले लगानिमा उत्साहित हुँदै आफ्नो अभिव्यक्ति दिनुभएको थियो ।
आर्थिक लगानिले हाम्रो सन्ततिलाइ बैदेसिक रोजगारिको निम्ति ब्याग बोक्न नपर्ने र नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाइ सानो टेवा पुग्ने निस्कर्ष सहित नेपालमा रहेका विभिन्न ब्याक्तित्वहरु संग समन्वय गरि ६ महिना भित्र लगानी संभावना अध्ययन प्रपोजल पेस गर्नेगरी संस्थाका अध्यक्ष सुन्दर पन्थिको संयोजकत्वमा १९ सदस्य संभावना अध्यन समिती गठन गरिएको छ।
संस्थाका अध्यक्ष सुन्दर पन्थिले कार्यक्रमको समापन गर्दै सम्पुर्ण उपस्थिलाइ धन्यवाद दिदै यो उपस्थितिले कार्यक्रम पुर्णरुपमा सफल भएको र आफुलाइ थप हौसला मिलेको बताउनु भएको थियो।
कार्यक्रममा नेपालीपन झल्किने गरि मासु, पुलाउ, अचार, सलाद लगायतका थुप्रै परिकारहरूले सबैले नेपाली स्वादमा रमाउदै एकापसमा गित दोहोरी चुट्किला गजल जस्ता कोसेली पस्केर कार्यक्रमलाइ अविस्मरणीय बनाएका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष टिकाराम पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।