धातिवाङका एक वालक आर्थिक अभावका कारण मृत्युको घड़ी पर्खन वाध्य, सर्वत्र सहयोगको अपील

    डिआरजी सुमन
अर्घाखाँची डटकम/व्युरो  सोमवार,२० साउन २०७६, मैदान ।  एक दलित र परिवार गरिव छ त्यसै माथी मृगौला पिडीत छोराको समस्याले परिवार चिन्तित छ । 
यो समस्या चिन्ताले निको नहुने भएकोले उपचार कसरी गर्न सकिन्छ त भनेर पिडितको वुवाले पत्रकार डिआरजी सुमनसँग सम्पर्क गर्नु भयो । एउटा सौभाग्य नेटाका पोखरामा पत्रकार मार्फ़त नै यस निर्वाचन क्षेत्रवाट प्रतिनिधित्व गर्ने प्रदेश साँसद रामजी प्रसाद घिमिरेसँग भेटघाट गरी पिडितको शारीरिक अवस्था र थप उपचारको विषयमा गहन छलफल भएको थियो । यसरी पाणिनि ५ नेटाका पोखरामा भएको पीड़ित र सांसद विचको भेटघाटमा राज्यको तर्फवाट उपचारको लागी एकलाख लिन थप रक़म उपलब्ध गराउनको लागी आफ्नो तर्फवाट पनि आवश्यक पहल गर्ने आवश्वासन दिनु भएको छ । 
काठमाण्डौको टिचिंग अस्पतालमा उपचार्थ पाणिनी गाँउ पालिका वडा नं ६ धातिवाॅङ का एक वालक आर्थिक समस्याको कारण थप उपचारमा जुट्न सकेका छैनन् ।
मृगौला पिडीत वालकको उपचारको लागी हरेक हप्ता काठमाण्डौ जानै पर्छ हामी गरिव छौ,दैनिक रुपमा घर परिवार चलाउन समेत समस्या रहेको अवस्थामा यति ठुलो विमार आएपछि परिवार पुरा चिन्तित छ,मेरो छोराको उपचारको लागी तपाई मार्फ़त सवैको आर्थिक सहयोग आवश्यक रहेको हुदा तपाईसँग आएको छु । जसरी हुन्छ तपाईले समाचार वनाएर सहयोग गर्न चाहने व्याक्तिसम्म यो पीड़ा पुराई दिनु हुन तपाईलाई धेरै पटक खोजेका थियौ पिडीतका वुवा नेत्र वहादुर नेपालीले अर्घाखाँची डटकमसँग भन्छन । 
मृगौला पिडितको नाममा सहयोग माग्नेहरुको भीड़भाड़ नै देखा परेको छ तैपनि मानवीयता भन्दा ठुलो धर्म कुनैपनि नहुने भएकोले वालकको उपचारको लागी आवश्यक सहयोग गरेर उसको भविष्य उज्जवल वनाई दिनु हुन र तपाईको सानों सहयोगको कारण कसैको ज्यान नै वच्न सक्छ भने सानों सहयोग गर्न पछि हट्नु पनि हुदैन । नेपाल सरकारले यस्ता प्रकारका विरामीको उपचार निःशुल्क गर्ने व्यावस्था ल्याउन सके थप प्रभावकारी हुनेमा सवै आशावादि नै देखिन्छन । 
मृगौला पिडितको उपचारको लागी यदि कसैले सहयोग गर्न चाहेको खण्डामा पिडितका वुवा नेत्र वहादुर नेपाली को नाममा रहेको प्रभु वैक सन्धिखर्कको खाता नं ११४१ ०७०० ९३९५ ८८०० ०००१ मा जम्मा गर्न सकिने छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु