समान्ता पाण्डे
साउन २५ अर्घाखाँची – नेपाली काँग्रेस सन्धिखर्क नगरपालीका वडानं. १२ ले स्वर्गीय देवकी थापा क्षेत्रीको नवौं दिनको पुन्य तिथि पारेर सुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेपाली काँग्रेसका कृयाशिल सदस्य धनप्रसाद थापाकी श्रीमती ,कृयाशिल सदस्य बिष्णु थापा , शोभाखर थापा , मधु थापाकि पुजनिय माता तथा धनकला थापा र सुनिता थापाकी सासू आमा देवकी थापाको नवौं दिनको पुन्य तिथि पारेर काङ्ग्रेसले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस क्षेत्र न १ का सभापती केशवराज कुवर , तरुण अध्यक्ष तथा सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्का ,पुर्व पार्टी कोशाध्यक्ष हरी बहादुर खड्का , क्षेत्रीय प्रतिनिधि छन्दलाल श्रेष्ठ , नारायण पौडेल , कृष्णा खड्का लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताले स्वर्गीय थापाको निधनले सिङ्गो पार्टी मर्माहत भएको बताउदै स्वर्गीय थापाले पार्टीमा रहेर खेलेको भुमिका र योगदानको प्रसंशा गरेका थिए । कार्यक्रम नेपाली काँङ्ग्रेस वडा सभापति लिलाधर बस्यालको सभापतित्व तथा सचिव तारा बस्यालको संचालनमा सम्पन्न भएको हो ।