अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको सरुवा भएको छ । गत मंसीर १९ गते जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका लामिछानेको सरुवा भएको हो ।
काठमाण्डौमा रहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अध्यागमन बिभागमा सरुवा भएर जान लाग्नुभएका लामिछानेलाई बुधबार एक कार्यक्रमका बिच मिलन केन्द्र अर्घाखाँचीले विदाई गरेको हो । करिब साढे ८ महिनाको अर्घाखाँची बँसाइपछि सरुवा हुनुभएका लामिछानेलाई खादा अबिर र माला लगाएर जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसाल,मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष तथा विशेष नापी कार्यालयका प्रमुख खिम राना, बिभिन्न सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मि लगायतले विदाई गरेका थिए ।
यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले बिधिको शासनलाई पालना गरेर राष्ट्रसेबक कर्मचारीले काम गर्नु पर्ने भन्दै सक्षम प्रशासनको कारण जिल्लामा शान्तीसुरक्षा कायम गर्न सफल भएको बताउनु भयो । कार्यक्रम मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष खिम रानाको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको सन्चालनमा सम्पन्न भएको हो ।
विदाई कार्यक्रममा मन्तव्य राख्दै प्रजिअ लामीछानेले आत्मीय र पारीबारीक बाताबरणमा आफु जिल्लामा बसेको भन्दै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण जिल्लाबासीलाई धन्यबाद दिनुभयो । यस्तै लामीछानेले सम्पुर्ण राष्ट्रसेबक कर्मचारीलाई आफु बसेको ठाउँमा सगर्भका साथ काम गर्न आग्रह गर्दे जनताको मन जित्ने गरी काम गर्नु पर्नेमा जोड समेत दिनुभयो । लामीछानेले आफु पारिवारिक कारणले सरुवा हुन लागेको बताउनु भएको थियो ।