अर्घाखाँचीमा पाणिनी र छत्रदेब गाउँपालिकाले मात्र रक्षाबन्धनकाे अबसरमा सार्वजनिक विदा दिए

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका पाणिनी  गाउँ पालिका र छत्रदेब गाउँपालिकाले भाेलि जनै पुर्णिामा र रक्षाबन्धनकाे अबसरमा सार्वजनिक विदा दिएका छन । 
दुवै गाउँ पालिकाले स्थानिय सरकारको अधिकार कार्यनयन गर्दै रक्षा बन्धनका दिन सार्बजनिक बिदा दिने निर्यण गरेको पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गाैतमले जानकारी दिनु भयाे । 
हिन्दुहरुकाे महान पर्व रक्षाबन्धन तथा जनैपुर्णिामाकाे अबसरमा भाेलिकाेलागि सार्वजनिक विदा दिने निर्णय गरेकाे छत्रदेव गाउँ पालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलले जानकारी दिनुभयो ।

अन्य समाचारहरु