ढाकावाङ्गको बाल शिक्षा माबिमा बिदाई कार्यक्रम सम्पन्न (तस्बिर सहित)

माधव खनाल 
ढाकावाङ्ग, अर्घाखाँची  श्रावण २९  ।  बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान नगरपालिका वडा न १ ढाकावाङ्गमा बिगत ३७ बर्ष देखी कार्यरत शिक्षक तथा बिधालयका प्रधानध्यापक हिमलाल खनाललाई बिधालयले आज एक कार्यक्रम गरि बिदाई गरेको छ  । 
भुमिकास्थान नगरपालिका वडा न१  ढाकावाङ्ग वडा अध्यक्ष भोजराज खनालको प्रमुख आतिथ्यता रहेको बिदाई कार्यक्रममा मन्तव्य राख्नेहरुमा भुमिकास्थान नगरपालिका वडा न १ अध्यक्ष भोजराज खनाल बिधालय ब्यबस्थापन समितिका सदस्य राम बहादुर नेपाली शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष मेघराज खनाल शिव शक्ति आधारभुत बिधालयका प्रधानध्यापक कृष्णप्रसाद खनाल बाल शिक्षा माध्यमिक बिधालयका शिक्षक युवराज  खनाल  शिक्षक लक्षमण  खनाल र बिदाई लिने शिक्षक हिमलाल खनाल लगाएतले मन्तव्य राख्नुभएको थियो साथै बिदाई भइ जाने शिक्षक र बिधालय ब्यबस्थापन समितिको सर्बसहमतिमा बिधालयका शिक्षक युवराज खनाललाई प्रधानध्यापक र शिक्षक चेतबहादुर थापालाई निमित्त प्रधानध्यापकको जिम्मेवारी दिएको छ । 
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कासिराम गमालको अध्यक्षता शिक्षिका बिमला पोख्रेलको स्वागत र शिक्षक चेतबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु