अर्घाको धरमपानीबाट नुवाकोटको लम्चीमा खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते गराई फरार घर्ती पक्राउ


सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं. ७ नुवाकोटको लम्चीमा साउन २७ गते धारीलो हतियार प्रहार गरी फरर रहेका चिरन घर्ती पक्राउ परेका छन् ।
नुवाकोटको लम्चीमा श्रीमती सालो र सासुलाई धारीलो बस्तु प्रहार गरी गम्भिर घाईते बनाएपछि फरार रहेका घर्ती सन्धिखर्क नगरपालिका वडा नं. १०  अर्घाको धरमपानीबाट पक्राउ परेका हुन् ।
आफु धरम्पानीमा रहेको भन्दै साथीहरुलाई लिन बोलाएपछि उनी त्यहाँ रहेको खवर प्रहरीसमक्ष पुगेको थियो । खवर पाउनासाथ प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरी टोलीले निज घर्तीलाई नियन्त्रणमा लिएको भूमिकास्थान नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । घर्ती विरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
भुमिकास्थान नगरपालिक- ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका- ८ लम्चीमा   ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।
खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार छन्। घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो।
बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्। 
२, ३ वर्ष पहिलेदेखि श्रीमान- श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका छन्। फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

अन्य समाचारहरु