अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका गाउँ – गाउँका जनताले ईतिहासमा पहिलो पटक शान्ति सुरक्षा अमनचयन अनुभुती गर्न पाएका छन् । जिल्लामा समुदाय-प्रहरी साझेदारी कार्यक्रमले अर्घाखाँचीबासीमा खुसीयाली छाएको छ ।
प्रहरीले पछिल्लो समय अर्घाखाँचीका हरेक गाउँ-गाउँ, चौक- चोक, टोल- टोल, विधालय, बजारमा पुगी जनतासँग छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । अर्घाखाँचीमा पहिलो पटक प्रहरीलाई हेर्ने नजरमा परिवर्तन भएको छ । जनताले खुलेरै प्रहरीको प्रशंसा गरेका छन् उनिहरु प्रहरीलाई भन्छन्;- ‘तपाँई जस्ता असल प्रहरी सँधै स्मरणीय हुन्छन ।’
प्रमुख प्र.ना.उ. प्रकाश बिष्ट ढाकावाङमा ।
यतिबेला प्रहरीले टोल टोलमा समय सापेक्ष बिभिन्न बिषयमा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । स्थानिय जनतामा परेको प्रभाव र शान्ति सुरक्षा प्रदान गर्ने सन्दर्भमा प्रहरीबाट भए गरेका कमी कमजोरीका साथै लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह, वहु-विवाह र बर्षा याममा हुने बाढि पहिरोबाट हुन सक्ने मानविय तथा अन्य क्षति, ट्राफिक नियम, घरेलु मदिरा नियन्त्रण, लागूऔषध, चेलीबेटी बेचविखन, सामाजिक अपराध, जवरजस्ती करणी, बालबालिका बिरुद्ध हुने हिंसा, तिज पर्वलाई पराम्परागत रुपमा मनाउने सम्बन्धी लगायतका बिषयहरुमा छलफल तथा अन्तरक्रिया सचेतना मुलक कार्यक्रम दैनिक रुपमा गर्दै आएको छ । यस्तै प्रहरीले प्राकृतिक रुपमा उम्रिएका गाँजाका वोटहरु नष्ट गर्दै आएको छ ।
जनचेतना अभावका कारण जिल्लामा दैनिक जस्तो हुने लैङ्गिक हिंसा, घरेलु हिंसा, जुवातासको रोकथाम, लागूऔषध सामाजिक अपराधमा समुदाय-प्रहरी साझेदारी कार्यक्रमले कमी आएको छ ।
कुनै बेला प्रहरी देख्ने बित्तिकै तर्सिने बालबालिकाहरूमा समेत हरीलाई हेर्ने नजर फेरियो
यस्तै प्रहरीले स्थानीय स्तरका विद्यालयमा आधारभूत सुरक्षा, समुदाय प्रहरी साझेदारीको महत्व, घरेलु हिंसा नियन्त्रण, साइवर सुरक्षा तथा लागूऔषध नियन्त्रण लगायतका विषयमा कक्षा दिदै आएको छ ।
यस्तै प्रहरीले विद्यार्थीलाई सवारी दुर्घटना र सामाजिक अपराधका विषयमा जानकारी दिँदै दुर्घटनाबाट बच्न सकिने उपाय अनि सामाजिक अपराध न्यूनीकरणका विषयमा जानकारी दिँदा अभिभावक समेत दंग देखिन्छन् । अर्घाखाँचीमा समुदाय