डिआरजी सुमन
अड्गुरी, अर्घाखाँची डटकम् / व्युरो । अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिका वडा नं ७ मा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय सम्पर्क समिति, वडा स्तरिय सम्पर्क समिति र प्रहरीको उपस्थितिमा प्रहरी साझेदारी कार्यक्रमको समिक्षा तथा आगामी कार्ययोजना सम्बन्धि समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिका वडा नं ७ स्थित भन्ज्याङमा रहेको विद्या विनोद मावी प्रांगढमा सम्पन्न समिक्षा कार्यक्रममा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएकोले यसलाई निरन्तरता दिन आवश्यक रहेको उपस्थित सवैको अनुरोध थियो ।
पाली प्रहरी चौकिले यस वडा नं ०७ मा ल्याएको यो कार्यक्रम अत्यान्तै प्रभावकारी रहेकोले यसलाई आगामी दिनमा पनि निरन्तरता दिदै ग्रमिण क्षेत्रमा व्यापक रुपमा फैलाएको वाल विवाह तथा वहु विवाह जस्ता कार्यलाई न्युनीकरण गर्न वडा र प्रहरीको समन्वयमा साविकका सवै वडाहरुमा कार्यक्रम संचालन गर्ने तयारीमा रहेको वडा नं ०७ अध्यक्ष गुनाखर अधिकारीले वताउनु भयो । यस क्षेत्रमा प्रहरी र आमजनता विचको सम्बन्ध लाई प्रगाढ़ वनाउनको लागी यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको हुदा यस वडा वाट आवश्यक सहयोग सवै दिन आफु तयार रहेको समेत वडा नं ०७ अध्यक्ष वताउनु हुन्छ ।
अड्गुरीमा प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी वनाउदै साईवर अपराध,जंगली जनावर आक्रमण, मदिरा सेवन,लागु औषध नियन्त्रण, गाँजा फडानी र ट्राफिक सचेतना लगायतका विभिन्न कार्यमा प्रहरी सक्रिया रहेको छ । अर्घाखाँची जिल्लाको पुर्व दक्षिणी ईलाका पाणिनी गाँउ पालिका स्थित पाली प्रहरी जनताको घरदैलौमा दैनिक जसो पुग्ने गरेको छ ।
भौगोलिक क्षेत्र लामो रहेको मैदानको भर्तापुर देखी धातिवाँङ,पाली,अड्गुरीमा प्रहरी चौकी पाली सक्रिय रहदै आएको प्रहरीले अड्गुरीमा पनि एक कार्यक्रमको विच समिक्षा गरेको छ । पालि प्रहरी चौकिले पाणिनी गाँउ पालिका स्थित चारओटा वडा लाई कड़ा रुपमा सुरक्षा दिदै आएको छ । यसै त पालि प्रहरी चौकिले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा निरन्तरता दिदै आएको थियो आगामी दिनमा पनि निरन्तरता दिनु पर्नेमा उपस्थितीको धारणा थियो ।
यस चौकिको नियन्त्रणमा रहेका कुनैपनि क्षेत्रमा समस्या परेको खवर पाउनसाथ रात दिन नभनी हामी जनताको घर दैलोमा पुग्ने गरेका छौ पाली चौंकी प्रमुख आरएन चौधरीले अर्घाखाँची डटकमलाई भन्नु हुन्छ ।
प्रहरी साँझेदारी कार्यक्रमको प्रभावकारिता र यसको समीक्षा गर्ने गरी चारवटै वडामा वडा स्तरीय समीक्षात्मक कार्यक्रम गर्ने योजना वमोजिम मैदान,पाली र अड्गुरीमा सम्पन्न भएको छ भने वाँकि एक ओटा वडा धातिवाॅङ को लागी तयारीमा रहेको पाली प्रहरी चौकि प्रमुखले जानकारी गराएको छन । तस्वीर – गुनाखर अधिकारी