किमडाँडामा सरसफाइ कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
किमडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लालाइ पुर्ण सरसफाइ उन्मुख जिल्ला बनाउने अभियान अन्तर्गत आज सन्धिखर्क ८ किमडाँडामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
करिब ४० जनाको उपस्तिथि रहेको उक्त कार्यक्रममा आज श्री जन शान्ती आधारभुत बिधालय परिसर अनि पन्थिका चौर देखि खत्रीका चौर भन्ने स्थानसम्म सरसफाइ गरिएको छ ।
अब देखि प्रत्येक सनिबार बिहान ८:३० बजे देखि सरसफाइ कार्यक्रम गर्ने निर्णय समेत भएको छ ।

अन्य समाचारहरु