छत्रगन्ज देखि बुटवलसम्म हाईस सेवा शुरु (भिडियो, तस्बिर सहित)

सुर्य भुसाल
छत्रगन्ज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ को छत्रगन्ज देखि बुटवलसम्म हाईस सेवा शुरु भएको छ ।
देउराली यातायात अर्घाखाँची प्रा.लि.ले आइताबार छत्रगन्ज देखि बुटवलसम्म हाईस सेवा सन्चालन ल्याएको हो ।
हाईस सेवाकाे आरम्भ प्रमुख अतिथि छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पाेख्रेलले रिवन काटेर गर्नु भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै उहाँले याे सेवाले गाउँपालिकाकाे ईज्जत् बढायकाे बताउनु भयाे । पाेख्रेलले भन्नू भयाे यस सेवाले प्रदेश राजधानी र सन्धिखर्कलाई जाेडेकाे छ, भाेलिकाे दिनमा काठमाण्डौसम्म यात्रा जाेडिय यात्रुहरूले अझ सुबिधा पाउने छन्, यसलाई स्थाईत्व प्रदान गर्न गाउँपालिकाले बाटाेकाे स्तर उन्नति गर्ने र कुनै पनि बेला यातायात अवराेध हुन दिने छैन उहाँले असल कामकाे प्रशंसा गर्दै संस्थालाई आभार समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा देउराली यातायात अर्घाखाँची प्रा.लि.का अध्यक्ष याेगेन्द्र खड्काले गाउँपालिका तथा स्थानीयबासीकाे भरपुर सहयाेगकाे अपेक्षा गर्दै सबैकाे साथ सहयाेगमा आगामी दिनमा सम्भवहुने स्थानहरूमा यातायातका साधन सन्चालन गरिने बताउनु भयाे ।
 
याे सेवा प्रत्येक दिन बिहान ६.३० बजे छत्रगन्ज बाट केरूङ्गा, बल्काेट, वाङ्गला, सन्धिखर्क हुँदै बुटवलका लागि छुट्ने छ भने दिउसाे १२.५ मा बुटवलबाट छत्रगंजका लागि छुट्ने समितिले जनाएको छ ।
कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष तुल्सि देवि श्रेष्ठ ५नं. वार्ड अध्यक्ष बालकृष्ण श्रेष्ठ, सन्धिखर्क नगरपालिका वार्ड नं.१२ का अध्यक्ष नारायण खड्का, कार्यसमितिका महानुभावहरू, यातायात ब्यवसायीहरू तथा पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम संस्थाका अध्यक्ष याेगेन्द्र खड्काकाे अध्यक्षता र सदस्य सचिव प्रेम पाण्डेकाे सन्चालनमा सम्पन्न भएको थियाे ।

अन्य समाचारहरु