खिल्जीका स्व.रुक्मागत गैरेको ४५ दिनको पुण्य तिथिमा श्रद्वाञ्जली सभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौ ३२ साउन । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जी निवासी स्व.रुक्मागत गैरेको ४५ दिनको पुण्य तिथिमा श्रद्वाञ्जली सभा सम्पन्न भएको छ । 
आज काठमाडौमा आयोजित एक कार्यक्रम बिच श्रद्वाञ्जली सभा सम्पन्न भएको हो । श्रद्वाञ्जली सभामा पूर्वउपप्रधान मन्त्री तथा नेकपाका स्थायी  समितीका सदस्य एवम् यूवा तथा खेलकुद बिभाग प्रमुख टोपबहादुर रायमाझीले स्व. गैरेको परिवारलाई सम्वेदना व्यक्त गदै उहाँको फोटोमा अबिर लगाई दिएर माल्यापर्ण गर्नुभयो ।
जिल्लाको सांसद समेत रहनु भएका रायमाझीले स्व. रुक्मागत गैरेलाई २०४० साल देखी राम्रो संग उठबस भएको स्मरण गराउदै उहॉ राजनीति संगै समाज सेवामा समेत कृयाशिल रहदै आएको बताउनु भयो । स्व. गैरेले आफनो क्षमता अनुसार समाजमा ठुलो योगदान दिएर गएको बताउदै नेता रायमाझीले अर्घाखाँची जिल्ला संगै देशको लागी ठुलो क्षती भएको बताउनु भयो ।
सोही कार्यक्रममै नेता रायमाझीले १० बर्षको जनयूद्व र २०६२-०६३ को जनआन्दोलन बाट प्राप्त भएको उपलब्धी कसैको धम्की र हिंसाले उल्टन नसक्ने बताउनु भयो । पूर्वउपप्रधान मन्त्री समेत रहनु भएका रायमाझीले बिप्लब समूहलाई लक्षित गर्दै हिंसा, हत्याको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्नु भयो ।
नेकपाका प्रभावशाली नेता डिलाराम आचार्यले स्वर्गीय रुक्मागत गैरेको निधनले समाज र देशको लागी नै ठुलो क्षती भएको भन्दै उहाँले समाजमा देखाएको योगदानको अनुसरण गरेर अगाडी बढन जरुरी रहेको बताउनु भयो । नेता आचार्यले भुमिगत कालमा स्वर्गीय गैरेले हामीलाई बिभिन्न पटक सल्लाह सुझाब संगै सेल्टर दिएको स्मरण गराउनु भयो ।
नेकपा कै नेता लक्ष्मण रायमाझीले परिबारमा सम्बेदना व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्र्दै अघि बढ्नु पर्ने बताउनु भयो । नेता रायमाझीले आफुहरुले राजनीति संगठन बिस्तारको क्रममा उहाँले बिभिन्न कठिनाई आउँदा सहजीकरणको वातावरण निर्माण गरेको स्मरण समेत गर्नु भयो ।
श्रद्वाञ्जली सभा कार्यक्रमको सभापतित्व गर्नु भएका स्वर्गीय गैरेका कान्छो भाई विनाराम गैरेले दाईको निधनले परिवारमा परेको शोकलाई शक्तिमा बदल्ने प्रण गर्दै अगाडी बढने बताउनु भयो । उहाँले दाईको निधनबाट समाजमा ठुलो क्षती पुगेको बताउनु भयो ।
श्रद्वाञ्जली सभा कार्यक्रमको संचालन कृष्णप्रसाद गैरेले गर्नु भएको थियो । श्रद्वाञ्जली सभा कार्यक्रममा सर्यौको संख्यामा गाउँ तथा जिल्लावासीहरुको एबम् बिभिन्न क्षेत्रमा क्रियाशिल व्यवसायी , पत्रकार पेशाकर्मी लगाएतको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु