अशोक खनाल
पाणिनी, अर्घाखाँची । अर्घाखाँचीको सौर्न्दर्यता हाम्रो सान; पर्यटन बिकासमा हाम्रो अभियान भन्ने मुल नाराका साथ प्रथम पाणिनि तिज, पर्यटन ब्यापार तथा सास्कृतिक मेला २०७६: यहि भाद्र ८ देखि १८ सम्म पाणिनी गाउँपालिकामा शुरु हुने भएको छ।
छत्रेश्वरि म्यानेज्मेन्ट प्रा.लि.आयोजक रहेको यस मेलामा वडा स्त्तरिय तिजगित प्रतियोगिता , पाणिनि डान्स आइडियल २०७६ साथै मेलामा बिषेश्त आकर्षक बाल उध्यान सामाग्री हरु चर्खा ,पिङ,मतको कुवा बाइक रेस जस्ता मोनोरन्जन का खेल हरु खेलाइने र देखाइने आयोजक सस्था का संचालक जीवन भट्टराई ले बताएका छन ।
कुल ५० वटा स्ट्ल राखिने उक्त मेला मा स्थानीय उत्पादित कृषि सामाग्री हरु लगायतका बालबालिका का खेलौना फेन्सी कपडा हरु राखिने सहाअयोजक सस्था पाणिनि पर्यटन समाज अर्घाखाँची ले जनाएको छ।
उक्त मेलामा करिब ८० हजार देखि १लाख सम्म दर्शक ले अबलोकन गर्ने र मेलामा करिब १२ देखि १५ लाख सम्म खर्च लाग्ने कार्यक्रम मा आउने अतिथि तथा कलाकार हरुलाइ खादा मायाको चिनो प्रमाणपत्र लगायत का सामाग्री हरु सौजन्य पाणिनि गाउपालिका ले गर्ने सहआयोजक सस्था का प्रमुख झबिन सुनाम ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन।
अर्घाखाँची जिल्लामा पुर्ण सरसफाई कार्यक्रम अन्तर्गत आज सन्धिखर्क ८ किमडाँडाको जनशान्ती आधारभुत बिधालयमा बाल क्लब गठन गरिएको छ । रेमन्त रानाको अध्यक्ष मा २१ सदस्यीय बाल क्लब गठन गरि बाल क्लबले गर्नु पर्ने काम को बिसयमा समेत जानकारी गराइएको छ । साथै उक्त कार्यक्रममा बिद्यार्थीलाई सरसफाइ को बारेमा समेत जानकारी गराइएको छ ।