माधव खनाल
ढाकावाङ, अर्घाखाँची भाद्र २ । राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला कमिटी सदस्य मेघराज खनाललाई मातृशोक परेको छ । खनालकी ममतामयी माता मोतिकला खनाको सोमबार बिहान ९ बजे आफ्नै निवासमा ८० बर्षको उमेरमा निधन भएको थियो बिगत केही समयदेखि सुगर रोग (मधुमेह ) बाट पिडित खनाल राष्ट्रिय जनमोर्चा कि सक्रिय सदस्य समेत हुनुहुन्थ्यो ।
खनालको पार्थिक शरीरमा आजै राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समिती सदस्य बाबुराम खनालले पार्टीको झण्डा ओडाइ अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा का भुमिकास्थान सदस्य बाबुराम खनाल भुमिकास्थान नगरपालिका वडा न २ का वडा अध्यक्ष बुद्धि थापा भुमिकास्थान नगरपालिका वडा न १ का वडा अध्यक्ष भोजराज खनाल र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कासिराम गमाल लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
उक्त श्रद्धाञ्जली कार्यक्रमा अखिल नेपाल टेडयुनियन अन्टुक भुमिकास्थान नगर सचीव युवराज खनाल अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल भुमिकास्थान नगर कार्यपालिका सदस्य शान्ता खन!
भुमिकास्थान नगरपालिका वडा न १ वडा सदस्यहरु ओमप्रसाद बेल्वासे र गोपाल नेपाली लगायतको उपस्थिति रहेको थियो भने श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता स्वर्गीय खनालका जेष्ठ शुपुत्र तथा राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य मेघराज खनालको अध्यक्षता र प्रगतिशील पत्रकारसँग का माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो स्वर्गीय खनालका दुई छोरा दुई बुहारी चार छोरी र नातिनातिना हुनुहुन्छ ।