अर्घाखाँचीमा गुणस्तरीय सेवा दिन शुरु गरेपछि यात्रुहरु लंका यातायातमा आकर्षित

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।   अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा प्रधान कार्यालय राखेर स्थापना भएको लंका यातायात प्रालि अर्घाखाँचीले गुणस्तरीय सेवा दिन सुरु गरेपछि यात्रुहरु आकर्षित हुन थालेका छन ।
लंका यातायात प्रालिले नेपाल कै नमुनाको रुपमा सन्धिखर्कवाट प्रदेश राजधानी रुपन्देही सम्म स्कारपियो गाडीबाट सेवा सन्चालन गरेको र अहिले स्कारपियो गाडीबाट बिहान गएका यात्रुहरु बेलुका सोही गाडीमा सन्धिखर्क आउने ब्यबस्था सहित सेवा दिएको लंका यातायात प्रालिका सस्थापक अध्यक्ष युवा ब्यबसायी कृष्ण बहादुर भुसालले जानकारी दिनु भयो ।
लंका यातायातले छोटोे समयमा अर्घाखाँचीमा आफ्नो पकट जमाउन सफल भएको यातायात प्रालि हो । लंका यातायातमा अहिले सानाठुला गरि ८२ गाडीहरु आबद्द रहेको अध्यक्ष भुसालले बताउनु भयो ।
लङका यातायातले अब सन्धिखर्कबाट रुपन्देही हुदै काठमाडौं नयाँ टोयटा कम्पनीको हाईस सेवा सन्चालन गर्न लागेको महासचिब भेष बहादुर क्षेत्रीले जानकारी दिनु भयो ।
लङका यातायातले अर्घाखाँचीका ग्रामिण ईलाकाहरुको अलवा गुल्मीको पुर्कोट दहबाट समेत आफ्नो सेवा दिदै आएको अध्यक्ष कृष्ण भुसालको भनाई छ ।
अहिले लंका यातायात प्रालिले नयाँ हाईस गाडीहरु काठमाडौ पोखरा दाङ लगायतका ठाउँहरुमा सेवा दिने तैयारी गरेको छ ।
सन्धिखर्कबाट बुटवलसम्म ४ सयमा स्कवारपियो गाडीबाट सुरु गरेको लङकाले बस सेवा समेत सन्चालन गरेको छ ।  अब नयाँ नयाँ गाडीहरु थप गरि यात्रुहरुलाई सहज सेवा दिने उदेश्यका साथ अनफुहरु लागि परेको अध्यक्ष भुसालको दावी छ ।

अन्य समाचारहरु