अर्घाखाँचीमा नवआगन्तुक तीन कार्यालय प्रमुखहरु जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी र प्रमुख अनुसन्धान अधिकृतलाई स्वागत

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले जिल्लाका नवआगन्तुक तीन कार्यालय प्रमुखहरुलाई स्वागत गरेको छ ।  
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल र प्रमुख अनुसन्धान अधिकृत विनय चतुर्वेदीलाई एक कार्यक्रमको बीच स्वागत गरेको हो । 
सम्पन्न स्वागत कार्यक्रम प्रदेश सभा सदस्य चेतनारायण आचार्यको प्रमुख आथित्यता, कर्मचारी मिलन केन्द्रका अध्यक्ष खिम बहादुर रानाको अध्यक्षता र सचिव नारायण पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु