खनदहको कुनाखर्क स्थित ढुङ्गे पधेरामा लैङ्गिक हिंसा, घरेलु हिंसा, तिजमा ध्यान दिनु पर्ने तथा अपनाईने सुरक्षा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ३ खनदहको कुनाखर्क स्थित ढुङ्गे पधेरामा लैङ्गिक हिंसा, घरेलु हिंसा, ज.ज.क., यौनजन्य हिंसा, आत्म हत्या, बाल-बहु विवाह, अन्मेल विवाह र हरितालिका तिज विशेष कार्यक्रममा ध्यान दिनु पर्ने तथा अपनाईने सुरक्षा सम्बन्धी छलफल तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।  
ईलाका प्रहरी कार्यालय खन अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत खनदहको कुनाखर्क स्थित ढुङ्गे पधेरामा घेरा मालारानी सामुदायिक संस्थाका पदाधिकारी, प्रगतिशील कृषक महिला समुह र मालारानी तरकारी उत्पादन महिला कृषक समुहका पदाधिकारीको उपस्थितिमा लैङ्गिक हिंसा, घरेलु हिंसा, ज.ज.क., यौनजन्य हिंसा, आत्म हत्या, बाल-बहु विवाह, अन्मेल विवाह र हरितालिका तिज विशेष कार्यक्रममा ध्यान दिनु पर्ने तथा अपनाईने सुरक्षा सम्बन्धी छलफल तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।  
प्रहरी नायब निरीक्षक घन बहादुर बोहराले लैङ्गिक हिंसा, घरेलु हिंसा, ज.ज.क., यौनजन्य हिंसा, आत्म हत्या, बाल-बहु विवाह, अन्मेल विवाह र हरितालिका तिज विशेष कार्यक्रममा ध्यान दिनु पर्ने तथा अपनाईने सुरक्षा सम्बन्धी छलफल तथा सचेतना मुलक कार्यक्रम गर्नु भएको थियो । 

अन्य समाचारहरु