सागर महत
तुम्कोटठाँटी, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर-१ तुम्कोटठाँटीमा रहेको बाल आधारभुत विद्यालयमा कक्षा ५ सम्म पढाई हुने गर्छ । जहाँ विद्यार्थी संख्या ६० रहेको छ । विद्यालयको नाममा ४१ रोपनी जग्गा छ तर, शिक्षक र कक्षाकोठा अभावका कारण कक्षा २ र ३ मा अध्यान गर्ने विद्याथीले एउटै कोठामा बसेर पढ्ने गरेका छन ।
शिक्षा जस्तो महत्वपुर्ण विषयमा समयमै सम्बन्धित निकायको ध्यान जान नसक्दा विद्यार्थी हरुको पठन पाठनमा समस्या भएको छ ।
पटक पटक विद्यालय व्यवस्थापन समिती र अभिभावकको सोही समस्या समधान गर्न बैठक बसे पनि त्यो निष्कर्षमा पुग्न सकेको छैन ।प्र अ बिष्णु प्रसाद खनाल भन्छन। विद्यार्थी लाई भवन र शिक्षकको अभावकै समस्याले यसरी पठन पाठन गराएको बताए ।