अर्घाखाँचीमा बत्ती नआएर हैरानी खेपिरहेको जनगुनासो बढेपछि बिजुली सुधार गर्न छलफल


बिष्णु कुमार आले
अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जिल्लाको समग्र बिद्युत प्रशारण लाईनको बारेमा प्राधिकरण सँग छलफल गर्नु भएको छ । 
सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले अर्घाखाँची आएको बेला दिएको निर्देशनको पालना गर्दै प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जिल्लाको समग्र बिद्युत प्रशारण लाईन कमजोर रहेको बारेमा आज छलफल गर्नु भएको हो ।
जिल्लामा विस्तार भएका बिधुत प्रशारण लाईनको क्षमता अत्यन्तै कमजोर भएकाले पटक पटक बिजुली बत्ती जाने, बिजुली आएपनि टिकाउ नहुने झन्झटले जिल्ला बासिले हैरानी खेपिरहेको जनगुनासो बढेपछि प्रजिअ पौडेलले बिजुली बत्तीको लाईन सुधार गर्न आजै नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीलाई निर्देशन दिनु भएको हो ।
जिल्लाको सन्धिखर्क, चुत्राबेसी, नरपानी, सितापुर, ठाडा, जुकेना, सिमलपानी, सिद्धारा, जलुके, सुवर्णखाल लगायतका स्थानमा रहेका नागरिकले पटक पटक एक एक मिनेटमा बिजुली जाने आउने, बिजुली नटिक्ने समस्या बाट हैरानी खेप्दै आएका छन् ।
छलफलमा प्राधिकरणका शाखा प्रमुख बिरमान राजकोटी, भोला पाण्डे लगायत अन्य बिद्युतका कर्मचारी सँग छलफल भएको प्रजिअ बिजयराज पौडेलले बताउनु भयो । जिल्ला प्राधिकरण शाखाको कार्य संपादनको कमजोरीले जिल्लामा बिधुतीउपकरण कमजोर भएपनि दोसजति माथिल्लो निकायमा थुपारेर उम्कने परिपाटीलाई अन्त्य गर्न प्रशारण लाईन दिगो र भरपर्दो बनाउन छलफल गरिएको प्रजिअ पौडेलको भनाई छ ।
बिजुलीको उपभोग गर्ने धेरै भए तापनि प्रशारण लाईन ३३ केभि भन्दा बढि बढाउन नसकिएको प्राधिकरणको भनाई छ । दक्षिणखाँचीका लागि ठाडा अमराई गोरूथुममा निर्माणधिन अवस्थामा अलपत्र रहेको सवस्टेशनको काम अगाडि बढाउन पनि प्रजिअले निर्देशन दिनु भयो ।
दक्षिणखाँची नरपानी, सितापुर, ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सुवर्णखाल लगायतका क्षेत्रमा बिस्तार गरिएको बिजुलीको लाईनमा झिमरूक बाट आएको लाईन कटौती भएकाले बिजुली टिकाउ नहुने पटक पटक बिजुली जाने आउने समस्या यहाँका नागरिकले भोगिरहेका छन् ।
जिल्लाको ठाडामा स्थापित भएको रेडियो सितगंगा को उद्घाटन गर्न आउनु भएका सुचना तथा संचार प्रवृधि मन्त्री गोकुल बास्कोटालाई यस क्षेत्रका नागरिकले दुखका बेदना सुनाएपछि बिजुली दिगो बनाउने बिषयमा प्रजिअ पौडेललाई निर्देशन दिनु भएको थियो ।
छलफलमा आजैदेखी बिजुली दिगो बनाउने बिषयमा आफू लाग्ने प्रधिकरणका जिल्ला शाखा प्रमुख बिरमान राजकोटीले प्रतिबद्धता जनाउनु भएको छ । कमजोर भएको लाईन बदल्न पनि प्रजिअले सुझाव दिनु भयो । बिधुत लाईन टिकाउ भरपर्दो नभए बिधुत प्राधिकरण शाखा कार्यालय अर्घाखाँचीमा डेलिकेशन जाने र कार्यालय घेराउ गर्ने स्थानियको चेतावनी छ ।

अन्य समाचारहरु