प्रेमनारायण आचार्य
बलेवाङ्म, अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका-५ कुरापोख्रालका १५ वर्षीय नन्दबहादुर मुखियाको अरिंगालको टोकाइबाट निधन भएको छ। स्थानीय कृष्ण मुखियाका अनुसार गोपेश्वर आधारभूत बिद्यालय मथुरामा कक्षा ५ मा अध्ययन गर्ने मुखिया सोमबार बिहान विद्यालय जान भनी हिडेको थिए। विद्यालय नगई आफ्नो घरभन्दा तल रहेको एक कटहरको रुखमा चढेका बेला अरिंगालले टोकेको थियो।
अरिंगालले टोकेपछि वाङ्लाको बलेबाङ नजिकै रहेको एक घरमा गएर आफूलाई अरिंगालले टोकेको र बचाउन हारगुहार गरे । सो कुराको जानाकारी पाउन बित्तिकै स्थानीय पार्बता मुखियाले नन्दबहादुरको घरमा खबर गरी जिल्ला अस्पताल पठाएको कृष्ण मुखियालाई जानाकारी दिएकी थिईन।
गम्भीर अबस्थामा रहेका निजलाई अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको निम्ति जिल्ला बाहिर रिफर गरिएको थियो। विद्यालय गएको छोरा अरिंगालको टोकाइबाट गम्भीर घाइते भएको खबर पाएपछि उनका परिवार हतार हतार अस्पताल आएका थिए । जिल्ला अस्पतालले बुटवल रिफर गरिसकेपछि पनि आर्थिक जोरजाम गर्न स्वास्थ्य बिमाको कागजात लिन पुन घर जानुपर्ने भएकोले बुटवल लैजान ढिलाई भएको प्रत्यक्षदर्शीको भनाइ छ।
जिल्ला अस्पतालमा उपचार सम्वभ नभएर रिफर गरेपनि डाक्टरको टिमले बचाउन निकै प्रयास गरेको अस्पतालका डाक्टरले जानाकारी दिए।