ढाकावाङको साम्नेगाउँमा राष्ट्रिय जनमोर्चाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

माधव खनाल 
ढाकावाङ, अर्घाखाँची भाद्र १० ।  राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ द्वारा राष्ट्रिय जनमोर्चाका अर्घाखाँची  जिल्ला सदस्य मेघराज खनालकी ममतमयी माता भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउ निवाशी स्वर्गीय मोतिकला खनालको नवौं दिनको पुण्यतिथि पारी आज भुमिकास्थान १ को साम्नेगाउँमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
 श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य सेर बहादुर बि सि ले खनालको निधनले राष्ट्रिय जनमोर्चालाई अतुलनीय क्षतिपुगेको बताउनु भएको छ साथै बिसिले स्वर्गीय मोतिकला खनालले देखाएको बाटोमा लाग्न कार्यकर्ता हरुलाइ आग्रह समेत गर्नुभयो श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य तथा जिल्ला सल्लाहकार सागर के सि नेपाल कम्युनिस्ट पार्टी मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष थम्मन के सि राष्ट्रिय जनमोर्चाका केन्द्रिय परिषद सदस्य खड्क बहादुर थापा  अखिल नेपाल महिला संघकि केन्द्रिय सदस्य कल्पना पोख्रेल लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका बैकल्पिक केन्द्रिय सदस्य यमलाल पोख्रेल राष्ट्रिय जनमोर्चा  जिल्ला सदस्य कमल भुसाल राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सचीव हिमलाल बन्जाडे भुमिकास्थान नगर सदस्य शिव बन्जाडे  राष्ट्रिय जनमोर्चा भुमिकास्थान वडा न २ का अध्यक्ष बाबुराम खनाल अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देबेन्द्र कुवर अखिल छैठौंका केन्द्रिय सचीव गोपालप्रसाद भट्टराई अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कुलराज खनाल प्रगतिशील पत्रकारसँगका केन्द्रिय सदस्य श्यामप्रसाद घिमिरे प्रगतिशील पत्रकारसँगका जिल्ला अध्यक्ष जितेन्द्र खत्री अखिल नेपाल टेड युनियन महासंघ अन्टुकका जिल्ला सदस्य खिमप्रसाद खनाल अखिल नेपाल शिक्षक संघ भुमिकास्थान सचीव रामप्रसाद खनाल भुमिकास्थान नगरपालिका वडा न १ का अध्यक्ष भोजराज खनाल भुमिकास्थान नगर कार्यपालिका सदस्य शान्ता खनाल भुमिकास्थान १ कि वडा सदस्य चमकला नेपाली लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय खनालका दुई छोरा दुई बुहारी चार छोरी र नातिनातिना हुनुहुन्छ । खनालको भाद्र २ गते ८० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको श्रद्धाञ्जली कार्यक्रम स्वर्गीय मोतिकला खनालका जेष्ठ सुपुत्र मेघराज खनालको अध्यक्षता र माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।