अर्घाखाँचीका युवाहरु विदेश जान छोडेर सामुहिक पोल्टिफार्म तर्फ, सन्धिखर्कको तीन थुप्रेमा १२ हजार कुखुरा अट्ने क्षमता फार्म सन्चालनमा (भिडियो, तस्बिर सहित)

केशब ज्ञवाली
तीन थुप्रे, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गरे के हुदैन भन्ने उद्देश्यका साथ लागि परेका युवाहरुको सामुहिक कृषि कार्य उदाहरणीय रहेको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ४ तीन थुप्रेमा रहेको शिवालय पोल्टीफार्म यसको उदाहरण हो ।

२०७०  सालमा १० जना युवा मिलेर करिब ८० लाखको लगानीमा यो फार्म सन्चालनमा ल्याईएको हो । हाल यो फार्ममा १२ हजार कुखुरा अट्ने क्षमता रहेको छ।
लेयर्स जातको कुखुरा पाली अण्डा उत्पादन र बितरण गरिदै आएको फार्म ईन्चार्ज पुनराम भुसालले बताउनु भएको छ । फार्ममा कुखुरा अन्डाका साथै माछापनी पालन गरिदै आएको छ।
साथै बेमौसमी कृषि पनि गर्ने गरिएको भुसालले बताउनु भयो । रास्ट्रपती पुरस्कारबाट पुरस्कृत यो फार्म संचालनको लागि चालिस रोपनी जग्गा भाडामा लिएको छ । फार्ममा उत्पादित अण्डा जिल्लाको सन्धिखर्क गच्छे फुदबाङ्ग लगायतका बजारमा र छिमेकी जिल्ला गुल्मी सम्म निर्यात गर्ने गरिएको छ ।
राज्यबाट उचित बाताबरण श्रीजना गरिदिएमा र युवाहरुमा केही गर्नुपर्छ भन्ने अठोट भएमा पसिनाको मूल्य आफ्नै माटोमा पाउन सकिन्छ भन्ने फार्म संचालकहरुको भनाई छ।
समुहका सम्पुर्ण सदस्यहरुले आफ्नो जिम्मेवारी सफलतापुर्बक बहन गरिरहेको सदस्यहरुको भनाई छ । कार्य सम्पादन सफलतापुर्बक सम्पन्न गर्नको लागि सदस्यहरुलाई जिम्मेवारी बितरण गरिएको छ।

अन्य समाचारहरु