सुर्य भुसाल
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट ३ किलोमीटर फुदवाङ पुलदेखि सन्धिखर्क आँटिकापाटा सम्मको पाँच सय मिटर मोटरबाटोलाई स्तरउन्नती गर्दै चौडा पारी डबल ल्याडसरह बनाउन शुरु गरिएको छ ।
बाटोको काम तिब्र गतिमा चलिरहेकोले अहिले बैकल्पिक सडकको रूपमा फुदबाङ बजारबाट गच्छेबजार हुँदै पुन आँटिकापाटा हुँदै सन्धिखर्क र सोही बाटो हुँदै जिल्लाका अन्य क्षेत्र र जिल्ला बाहिर जाने ब्यबस्था मिलाइएको सालझण्डी सन्धिखर्क ढोरपाटन सडकका योजना प्रमुख जयलाल मरासिनीले बताउनु भयो ।
यस अघिदेखि गोरुसिङगे देखि सन्धिखर्कसम्मको सडक डिभिजन सडक कार्यालय शिबपुरले कपिलवस्तुले हेर्ने गरेको भएपनि साल्झन्डी सन्धिखर्क सडकले छुने बाटो भएको कारण बिभागिय सहमतिमा अनुसार त्यस ठाउँमा बाटो साघुरो भएको कारण चौडा पारी डबल गाडी क्रस हुने हिसाबले सडक बिस्तार गर्न लागिएको हो ।
कामको जिम्मेवारी युवा ब्यबसायी वसन्त भुसाल र कासिराम बस्यालले लिएको र छिटोभन्दा छिटो काम सक्ने गरि काम दुर्त गतिमा अगाडि बढाईएको ब्यबसायी बसन्त भुसालले जानकारी दिनु भयो ।