सन्धिखर्कमा जोडिनुस जिल्लासँग कार्यक्रम, अर्घाखाँचीमा शुसासन र पारदर्शितालाई कायम गर्नु आफ्नो पहिलो लक्ष्य रहेको प्रजिअको भनाई
भाद्र १२ गते, २०७६ मा प्रकाशित
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भर्खरै मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेलले जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गरि शुसासन र पारदर्शितालाई कायम गर्नु आफ्नो पहिलो लक्ष्य र उदेश्य रहेको बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आई प्रजिअको पदभार गणर गरे लगत्तै आफुले यी कुरामा कुनै कसुर बाँकी नराख्न प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिएको बताउनु भएको छ । प्रजिअ पौडेलले मुस्कान सहितको सेवा जनमैत्रि सेवा छिटो छरितो सेवा सेवाग्राहीले पाउनु पर्ने भन्दै त्यस तर्फ सचेत रहन कर्मचारीलाई आफुले आग्रह गरेको बताउनु भयो ।