सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीको दोस्रो पुर्ण बैठक सम्पन्न, सरकारको राम्रो कामले विपक्षी अत्तालिए रायमाझीको दावी

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची / भाद्र ११ ।  पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले गरेका राम्रो काम बाट बिपक्षी अत्तालिएको बताउनु भएको छ । 
बर्तमान सरकारले देश र जनताको पक्षमा काम गरिरहेक‍ो भन्दै उहाँले हरेक पक्षबाट सरकारलाई असफल पार्ने षड्यन्त्र भईरहेको बताउनु भयो । वर्तमान सरकार पुरानो सरकारको निरन्तरता नभएको भन्दै उहाँले दीर्घकालीन सोचका साथ निर्माण भएको सरकारले संविधानको कार्यान्वयन सँगै विकास र समृद्धिको अभियानलाई सफल पार्ने बताउनुभयो । 
नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीको दोस्रो पुर्ण बैठकलाई सन्धिखर्कमा संवोदन गर्दै उहाँले एउटा व्यवस्थाक‍ो अन्त्य भई अर्को व्यवस्थाको सुरुवात गर्दा केही समस्या देखा परेको बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य समेत रहनुभएका रायमाझीले पार्टी मुलुकका दुई ठुला पार्टी बीच भएको एकताले विश्व कम्युनिस्ट आन्दोलन लाई उचाईमा पुर्याएको बताउँदै उहाँले सर्वहारा वर्गको मुक्तिक‍ो निम्ति वातावरण निर्माण हुँदै गएको बताउनुभयो ।
मदन आश्रित स्मृति भवन सन्धिखर्क
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुर कुमार बि.क.को संचालनमा सम्पन्न बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सचिव जगप्रसाद शर्मा अपार,नजिर मियाँ,बोम बहादुर बि.क.,शुशिला श्रीपाली ,राष्ट्रिय सभाका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता चन्द्रबहादुर खड्का उज्ज्वल ले मन्तव्य राख्दै ऐतिहासिक पार्टी एकताको शन्देस लाई जनजनमा पुर्‍याउन आग्रह गर्नुभयो । बक्ताहरुले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणक‍ो खाँचो रहेको बताएका थिए । उनिहरुले पार्टी अनुशासन लाई कडाइका साथ लागू गरि सुदृढ पार्टी निर्माण र जनसेवामा जुट्न कार्यकर्ताक‍ो ध्यानाकर्षण गराए । प्र
देश कमिटीका सदस्य रामजी प्रसाद घिमिरे ,पिताम्बर भुसाल ,नरेन्द्र कुमार क्षेत्री ,पबित्रा पौडेल ,भक्त बहादुर पुन ( जलन), छमकुमारी खनाल,यमुना भुसाल,धर्मराज भुसाल,कुटमदिन अलि,तोज बहादुर रायमाझी लगायतका नेताहरूको अतिथ्यता रहेको कार्यक्रममा बैठकमा सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल , सितगंगा नगरकमिटीमा अध्यक्ष बसन्त श्रेष्ठ ,भुमिकास्थान नगर पालिकाका अध्यक्ष राजेन्द्र आचार्य, मालारानी गाउँ कमिटीका अध्यक्ष सालिकराम आचार्य, छत्रदेव गाउँ कमिटीका अध्यक्ष रामलाल पराजुली ,पाणिनि गाउँ कमिटीका अध्यक्ष कमल घिमिरेले लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।
एमाले कार्यालय सन्धिखर्क मदन आश्रित भबन भवन अर्घाखाँची 
 UML PARY OFFICE arghakhanchi sandhikharka मदन आश्रित स्मृति भवन सन्धिखर्क

अन्य समाचारहरु