अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) भदौ १४ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान ४ धारापानीको आयोजनामा सुक्रबार फलामखिल्लीमा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
नुम बहादुर रेश्मीको अध्यक्षता र चोपलाल घर्तिको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बाबुराम पन्थी सुनार र भुमिकास्थान ४ का राजमो अध्यक्ष कृष्ण बहादुर सुनार लगायतले मन्तव्य संघियता खारेजीको निम्ती सबै नेपाली एक जुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
भेलाले नुम बहादुर रेश्मीको अध्यक्षतामा ९ सदस्यिय राजमो टोल समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा धन बहादुर घर्ति,सचिव सुनिता घर्ति र कोषाध्यक्षमा देवकला रेश्मी चयन हुनुभएको छ ।
राष्ट्रिय जनमोर्चाले भाद्र महिनाभरि संचालन गर्ने जागरण अभियान अन्तरगत यस्तो कार्यक्रम गरिएको बताइएको छ ।