अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । नेपाल स्वयंसेवक संघ अर्घाखाँचीको प्रथम जिल्ला भेला तथा अन्तरक्रियात्मक कार्यक्रम ज्योति बहुमुखी क्याम्पस शितगंगा नगरपालिकाको ठाडामा हुने भएको छ ।
कार्यक्रममा नेपाल लोक स्टार टप १० मा पर्न सफल अर्घाखाँचीका गायक सुशील आर्चाय, लोक गायिका इन्दिरा गैरे, सामाजिक अभियान्ता सचिन पाण्डे, उपन्यासकार जेवी दर्लामी ,ओह पुस्तकका लेखक भिम खनाल लगायत राष्ट्रिय कलाकार को पनि उपस्तिथि रहने कार्यक्रममा सम्पुर्ण संस्था प्रति आस्था राख्ने जिल्ला बासी लाई सहभागीता हुन अनुरोध गरिएको छ ।
कार्यक्रम यही असोज ०४ गते विहान ११ बजे हुने आयोजकले जानकारी दिएको छ ।साथै सोही दिन बिजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहने बताएको छ ।