अर्घाखाँचीमा राष्ट्रिय बाणिज्य बैक शाखाले थप बैङकिङ कारोबारलाई व्यवस्थापन गर्यो

सुर्य भुसाल
असोज २, अर्घाखाँची । राष्ट्रिय बाणिज्य बैक अर्घाखाँची शाखा का प्रबन्धक गुणानिधि भुसालले ग्राहक सेवाग्राहीको चाहाना लाई मध्यनजर गरि बैङकिङ कार्वारलाई ब्यब्थापन गरिएको बताउनु भएको छ ।
खोजखबर सग बिहिबार कुराकानी गर्दै भुसालले बाणिज्य बैकमा सेवा लिन आउने को लागी गुणस्तरीय सेवा मुस्कान सहितको सेवा आफुहरुले ५ मिनेट भित्र दिने गरेको बताउनु भएको हो । भुसालले अर्घाखाँची शाखा नेपालकै उत्कृष्ट शाखा भएको कारणले पनि गुणस्तरीय ता स्तरियतामा अाफुहरुले निकै ध्यान दिने बताउनु भयो ।उहाले बैकबाट विभिन्न खालका कर्जाहरु बितरण गर्ने बैङकिङ ई सिस्टम बाट काम गरिरहेकाले ग्राहक हरु बैकमा आएर ५ मिनेट भित्र सेवा लिएको बताउनु भयो ।
बाणिज्य बैक अर्घाखाँची शाखा सेवा दिने बैकहरु मध्य १ नम्वरमा पर्दछ बैकमा पुगेपछि टोक्न सिस्टम बाट काम हुने गर्दछ त्यसैले झन्जटिलो नहुने ग्राहकहरु बताउछन दशै नजिकिदै जादा बैकमा ग्राहक‍ भिड समेत लाग्न सुरु गरेको छ । बैकले दशैका बेला ग्राहकहरु लाई नया नोटहरु सटाई गरिदिने गर्दछ ।  

अन्य समाचारहरु