खिदिममा पाणिनी गाउँपालिकाको अन्तर वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न ( तस्बिर सहित)

मनिष अधिकारी
खिदिम, अर्घाखाँची असोज ३ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  खिदिममा पाणिनी  गाउँपालिकाको अन्तर वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 
कार्यक्रममा  प्रदेशसभा सदस्य रामजि प्रसाद घिमिरे प्रतिगामी शक्तिमाथी भ्रममा नपर्न जनता लाई आग्रह गर्नु भएको छ । 
ज्ञानेन्द्र शाही तथा रबि लामिछाने लगायतका केही ब्यक्तिहरुले जनतामा भ्रमको खेती गरेकोले यस्तो नगर्न आग्रह गर्नुभएको छ।    
लोकतान्त्रिक संविधान जारी भएको दिनमा आयोजित पाणिनी  गाउँपालिकाको वडास्तरीय भलिबल प्रतियोगिताको प्रमुख अतितीको रूपमा बोल्दै घिमिरेले केही संविधान बिरोध शक्तिहरु जुरमुराउन खोजेको भन्दै ७० बर्ष पुरानो सासन ब्यबस्था हटिसकेकोले जनताकोको संविधान  उत्कृष्ट भएको कुरामा जोड दिनु भएको थियो ।       
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमको अध्यक्षतामा संचालित भलिबल प्रतियोगिताको औपचारिक कार्यक्रम मा प्रमुक जिल्ला अधिकारी  बिजयराज पौडेल,पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम,गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत जनकराज पन्थी लगायतले बोल्नु भएको थियो । 
  प्रमुख अतिती प्रदेशसभा सदस्य रामजि प्रसाद घिमिरे रिबन काटेर कार्यक्रम को उद्घघाटन गर्नु भएको थियोे। 

अन्य समाचारहरु