सुर्य भुसाल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाकाको नुवाकोटमा भुमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बार्षिक समीक्षा गोष्ठी तथा महिला स्वास्थ्य स्वयं सेबिकाहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरप्रमुख रेशम बहादुर थापाले स्वास्थ्य क्षेत्रको बिकासका लागि नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ ।
बार्षिक समीक्षा गोष्ठी तथा महिला स्वास्थ्य सयम सेबिकाहरुको सम्मान कार्यक्रमको नुवाकोटमा उदघाटन गर्दै नगरपालिका प्रमुख थापाले बिरामी हरुको हेरबिचार राम्रोसँग गर्न नगरपालिका भित्रका स्वास्थ्यकर्मिहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख खडान्द बेल्बासेले स्वास्थ्य क्षेत्र मानिसको दैनिक जीवनसँग जोडिएकाले यसको बिकासमा कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाले नगरपालिका भित्रका सबै स्वास्थ्य सस्थाहरुको अबस्था अब मजबुद बनाउदै लगिएकोले औषधि अभाव हुन नदिने बताउदै प्रभाबकारी सेवा गुणस्तरीय सेवा दिन कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद भन्डारीले महिला स्वास्थ्य स्वयम सेविकाहरुको स्वास्थ्य क्षेत्रमा पुराएको योगदान अतुलनिय भएको बताउदै गुणस्तरीय सेवा मुस्कान सहितको सेवा दिन कर्मचारीलाई आग्रह गर्नु भयो । भन्डारीले राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत नराम्रो गर्नेलाई दन्ड जरिवाना गर्ने परिपाटी थालनी गरिने बताउनु भयो ।
कार्यक्रममा भुमिका स्थान नगरपालिकाका अधिकृत हरिषचन्द भुसाल योजना शाखाका प्रमुख शेषकान्त घिमिरे, ओसन स्वास्थ्य शाखा प्रमुख लगाएको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा सम्मानित भएपछि स्यमसेबिकाहरु हर्षित बनेका थिए । आर्थिक बर्ष २०७५/२०७६ मा नगरपालिका भित्रका स्वास्थ्य सस्थाहरुले आफुहरुले गरेको प्रगति प्रतिबेदन पेस गरेका थिए ।