रतले, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ रतले मानचौकीमा भगवती भुजा उधोग संचालनमा आएपनि बजार नपाएको गुनासो गरेका छन् ।
रतले मानचौकीमा भुजा उधोगका म्यानेजर ॠषिराम भुसालले अर्घाखाँचीडट्कमलाई दिएको अन्तरवार्तामा आफुले भारतबाट फर्की आफ्नो देशमा केही गर्नुपर्छ भनी गत १ वर्षदेखि भुजा उधोग संचालन गरेता पनि स्थानिय बजारमा जिल्लाको उत्पादन भन्दा बाहिरको उत्पादनलाई महत्व दिदा आफ्नो उधोग संकटमा परेको गुनासो गरेका हुन् ।
भुसालले उत्पादन गर्दै आएको भुजा पहिला बाहिरी जिल्ला रोल्पा, प्युठानसम्म पुगेता पनि अहिले जिल्लामा सिमित रहेको बताए । उनले भुजा उधोगबाट घरखर्च मात्र चलेको र ४ जना कामदारले रोजगारी पाएको बताए ।