सितापुरकाे सरस्वती माविका अपांग विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा राेटरी क्लव अर्घाखाँचीले सरस्वती माविमा अध्यानरत बौद्धिक अपांग विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । 
कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख सुर्य अधिकारीले बौद्धिक रुपमा अपांगहरु पनि समाजका सदस्य भएकाले सबैले सम्मान गर्नुपर्ने बताउनु भयो । उपप्रमुख टीका रेश्मिले फरक क्षमता भएका ब्यक्तिहरुलाई पनि नगरले स्थान दिएको बताउनु भयो । 
उक्त कार्यक्रममा वार्ड नम्बर २ का अध्यक्ष गोबर्धन थापा, ३ का अध्यक्ष हेमनाथ भुसाल, क्लवका पुर्व अध्यक्ष लिला गौतम , गोपाल पन्थी लागायतले क्लबले गरेको कामका बारेमा जानकारी गराएका थिए । 
कार्यक्रम क्लवका अध्यक्ष हरि दमासेकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

अन्य समाचारहरु