काठमाडौंदेखि सन्धिखर्कका लागि अग्रिम टिकट बुकिङ खुला, हेर्नुहोस् दशैँमा घर जाँदा कति भाडा तिर्नुपर्छ ?

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दशैंका लागि काठमाडौंदेखि अर्घाखाँची जिल्लाको सन्धिखर्कका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ आज देखि खुला गरिएको छ।
काठमाडौंदेखि अर्घाखाँची जिल्लाको सन्धिखर्कका लागि बसभाडा ७८८ रुपैया भएको छ । यस अगाडि ७१६ रुपैया थियो । चाडपर्वको नाममा ७२ रुपैया बढाएका छन् । काठमाडौंदेखि सन्धिखर्कसम्म ३७८ किलोमिटर दुरी छ । 
यस्तै पथरकोटदेखि सन्धिखर्कको ५७ किलोमिटर दुरीमा १४५ रुपैया गराइएको छ । यस अगाडि १३२ रुपैया थियो ।
साथै बुटवल हुँदै गोरसिङ्गे – सन्धिखर्कसम्मको ११९ किलोमिटर दुरीमा २६८ रुपैया गराइएको छ । यस अगाडि २४४ रुपैया थियो ।
यस्तै साथै बुटवल हुँदै गोरसिङ्गे – पथरकोटसम्मको ६२ किलोमिटर दुरीमा १२४ रुपैया गराइएको छ । यस अगाडि ११३ रुपैया थियो ।
Resultado de imagen de अर्घाखाँची बस arghakhanchi.com
चाडपर्वमा काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने गरेकाले चाडपर्वको समयमा हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ।
त्यस्तै यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ।  सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् । चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ। 
अर्घाखाँचीडट्कममा प्रकासित समाचार पुन: प्रकासित गर्न मनाही छ ।  

अर्घाखाँची बस 
सन्धिखर्क बस 
यातायात सवारीसाधन

अन्य समाचारहरु