डिआरजी सुमन
सन्धिखर्क, अर्घाखाँची । वर्षायाम सकिएसँगै कृषकहरु हिउदे विउ विजन किन्नमा कृषक व्यस्त भएको देखिन्छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित पुल चोकमा रहेको नेपाल एग्रोभेटमा यति वेला विउ विजन ख़रीद गर्नेहरुको भीड़भाड़ देखिने गरेको छ ।
यो समयमा कुन कुन विउ विजन विक्रि हुने गर्दछ भन्ने पत्रकारको जिज्ञासामा यस एग्रोभेटका संचालन भन्छन साग, केराउ, सिमी, वोडी, धनिया, गाजर, ६० दिने मुला व्यक्त रुपमा विक्री भई रहेको छ । यसको साथै प्याज़ टिपिएस आलु को विउको माँग वढी हुने छ ।
असोज महिनावाट सामान्यत:हिउदे मौसम सुरु भएसँगै माँग तोरि र टिपिएस आलु र कार्डिनल आलु विक्रि वढी भई रहेको संचालकको भनाई छ ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्