मालारानीमा यज्ञ हुने, तयारी तिब्र गतिमा बड्दै

प्रकासित मिती: असोज ९, २०७६
सुर्य भुसाल 
 
डाँडाकटेरी । सरस्वती माता माध्यमिक बिद्यालय मालारानी २ डाँडाकटेरीमा सुबिधा सम्पन्न स्मार्ट  विद्यालय तथा प्राबिधिक शिक्षा सन्चालन  गर्नकाे लागि शैक्षिक तथा धार्मिक महायज्ञ हुने भएकाे छ  ।
 असाेज १२ गते देखि १८ गते सम्म सन्चालन  हुने महायज्ञ लाई सम्पन्न गर्नका निम्ति याेगेन्द्रनाथ भुसालकाे अध्यक्षतामा ५०१ जनाकाे मूल समाराेह समिति गठन गरियकाे छ भने  २१ विभिन्न उप समितिहरू समेत गठन गरियका छन् ।
 यसै सन्दर्भमा  अर्घाखाँची मालारानी २डाँडाकटेरी  शैक्षिक तथा धार्मिक महाेत्सव मूल अायाेजक समितिले  अाज सन्धिखर्कमा  पत्रकार सम्मेलन गरि महाेत्सब बारे जानकारि गरायकाे छ ।
महायज्ञमा बिराट धनधान्य महापर्व, पितृ मुक्ति पुजा, गाैदान, रूद्रीपाठ, तुलादान, चाैरासी पुजा, ब्रतबन्ध, ग्रह शान्ति, लाख बत्ति प्रज्वलन, महालक्ष्मी पुजा, बिबाहका साथै दैनिक रूपमा श्रीमद्भागवत कथा प्रवचन, महापुराण बाचन ,याेग तथा अायुर्बेद प्रवचन तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजनकृतन तथा झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेकाे छ ।
महायज्ञमा शैक्षीक अभियान्ता इश्वर शरण महाराजबाट प्रवचन हुने कार्यक्रमकाे असाेज १२ गते पूर्व उपप्रधानमन्त्री , प्रतिनिधि सभा सदस्य  टाेपबहादुर रायमाझीले उद्घघाटन गर्नु हुने जनाइएकाे छ । कार्यक्रमकाे शुभारम्भ हुने दिन बिहान १० बजे  बाजा गाजा सहित डाँडाकटेरीमा कलश यात्रा हुने मुल अायाेजक समितिका बरिष्ठ उपाध्यक्ष शालिकराम अाचार्यले बताउनु भएको  छ ।
 कार्यक्रम मुल अायाेजक समितिका बिरिष्ठ उपाध्यक्ष शालिकराम अाचार्यकाे अध्यक्षता र महासचिव तथा बिद्यालय प्राचार्य हुमानन्द खनालकाे सञ्चालन रहेकाे थियाे । समितिका उपाध्यक्षहरू   शिवलाल कुवंर,  हेमराज भुसाल, प्रभात कुवंर, चिन्तबहादुर खत्री  ,पत्रकार हिम लेकाली , काेषाध्यक्ष ताेमलाल बन्जाडे  सदस्य बालकृष्ण भुसाल ,रामु भुसाल लगायतले महाेत्सवकाे बारेमा बाेल्नुभएकाे थियाे । 
यसै बिच अाज सन्धिखर्क स्थित पाणिनि बहुमुखि क्याम्पस ,जनज्याेती मा. वि चुत्रावेसि , भगवती मा .वि संखेटारि , युवा बर्ष रवि चित्र जनता मा. बि हटारि ,गंगा अाधारभूत विद्यालय चुत्राबेसि का शिक्षक,शिक्षाका  महानुभावहरू लगायत सन्धिखर्कका प्रबुद्धजनहरू संग भेटि सहयाेग संकलन गरियकाे समितिले जानकारि गरायकाे छ ।

अन्य समाचारहरु