अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लाको बलेवाङमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ ।
शिविरको एक भब्य समारोहबीच कृर्षि मन्त्री चन्द प्रकाश खनालले उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का प्रदेस सासद निर्मला क्षेत्री सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल लगाएतका कार्यलय प्रमुखहरुको उपस्थिति रहेको थियोे ।