सन्धिखर्कमा बिश्व मुटुरोग दिबसको अबसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न ( तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बिश्व मुटुरोग दिबसको अबसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले मुटु रोगबाट बच्नका लागि खानपिन आहार बिहारमा ध्यान दिनु पर्ने बताउनु भएको छ । 
बिश्व मुटुरोग दिबसको अबसरमा नेपाल हृदय रोग निबारण सस्थाले आयोजना गरेको प्रभातफेरी  पछि आयोजित कार्यक्रमलाई सन्धिखर्कमा सम्बोधन गर्दै नगरप्रमुख भुसालले मुटरोग सम्बन्धि विभिन्न खालका सिबिरहरु सन्चालन गर्न नगरपालिकाको टिम तयार रहेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल प्रहरी प्रमुख प्रकाश बिष्ट ससत्र प्रहरी प्रमुख माधब रेग्मि प्रमुख अनुसन्धान अधिकृत बिनयराज चत्रुबेदी वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे कार्यलय प्रमुखहरु सस्थाका पदाधिकारी तथा सदस्यहरु आजिबन सदस्यहरु यातायात ब्यबसायीहरुको सहभागीता रहेको थियो । 
कार्यक्रममा  मुटुरोग बिषेशयज्ञ डाक्टर सुमन्त बन्जाडेले मुटुको रोग लाग्न नदिने तथा बच्ने उपाएका बारेमा प्रकाश पार्नु भएको कार्यक्रमको सन्चालन तथा समापन समाजिक  अभियान्ता कृस्न प्रसाद भुसालले गर्नु भएको थियोे ।

अन्य समाचारहरु