सन्धिखर्कबाट बाहिर जाने सबारी तथा यात्रुहरुलाई शुभयात्रा तथा शुभकामना कार्यक्रम सम्पन्न ( तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बाहिर सबारी लैजाने सबारी चालक सह चालक तथा जिल्लाबाट बाहिर जाने यात्रुहरुलाई  शुभयात्रा तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँची तथा जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले आयोजना गरेको यात्रु तथा चालकहरुको शुभकामना कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट ससत्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदि वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे प्रहरी निरिक्षक सुरेश सुवेदी ट्राफिक प्रहरी प्रमुख राजिब श्रेष्ठ देउराली यातायातका अध्यक्ष योगेन्द्र खड्का पश्चिम नेपालका राम बहादुर बस्नेत लङका यातायातका अध्यक्ष कृस्न बहादुर भुसाल टेयाक्सी समितिका महेन्द्र भुसाल लगाएतका अतिथिहरुले बस हाईस फोर्स जिप टेयाक्सीमा सवार गर्ने यात्रु सबारी चालकहरुलाई टीका माला लगाई शुभयात्राको कामना गर्दैन बिदाई गरेका थिए ।
प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यो कार्यक्रम सम्पन्न गरिएको ट्राफिक प्रहरी प्रमुख राजिब श्रेष्ठको भनाई छ ।
अर्घाखाँचीमा ट्राफिक प्रहरिले रचनात्मक कामहरु गर्दै नयाँ नयाँ कार्यक्रम अगाडि सार्दै रचनात्मक किर्याकलाप गर्दै आएको छ ।