भ्रष्ट मालारानी गाउँपालिका वार्ड नं ७ सचिवले योजना रकमको २.५ प्रतिशत कमिसन राखेर वडाअध्यक्षलाई हिसाब बुझाए

नबिन केसी
मालारानी, अर्घाखाँची, ११ असाेज । जिल्लाको मालारानी गाउँपालिका वडा नं ७ का तत्कालिन वडा सचिव दुर्गा पाण्डेले वडामा भएको कामको २.५ प्रशित कमिसन राखेर हिसाब मिलानको लागि वडा कार्यालयमा पत्र पठाएका छन् ।
मिति २०७६ साल भाद्र २१ गते वडा कार्यालयमा हाजिर भएका सचिव पाण्डेले सामाजिक सुरक्षा रकमसमेत सम्बन्धित व्याक्तिलाई नबुझाई आफैँ राखेर वडा कार्यालय र जनप्रतिनिधलाई समस्या पारेको वडा अध्यक्ष खड्क प्रसाद भुसालले बताए ।
‘वडा सचिवले मालारानी गाउँपलिका वडा नं ७ मा ९४ लाखको काम भएको र त्यसको २.५ प्रतिशतले आउने कमिसन २ लाख ३५ हजार कमिसनको हिसाब संगै अन्य औषधी उपचार भनेर तीस हजार खर्च भएको हिसाब पेश गर्नुभयो । उहाँले योजनाको कामको पेश्की लिएर कार्य सम्पन्न भई बिल भरपाई लिई आउनु भयो,’ वडा अध्यक्ष भुसालले शुक्रबार सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै भने, ‘मैले पालिकामा भुक्तानी र फरफारकको लागी सिफारिस गरे तर अहिले उहाँले समान किनेको ठाउँमा पैसा पनि तिर्नु भएन । बिक्रेताले पटक पटक हामिलाई फोन गरेर हैरान पारेपछि वडा कार्यालयको बैठक बसेर रिण धन गरेर तिर्ने ठाउँमा तिरियो । ’
वडा अध्यक्ष भुसालले पाण्डेलाई तिर्नु पर्ने रकम तिर्न आग्रह समेत गरेका छन् । उनले भने, ‘उहाँलाई हिसाब किताब मिलान गर्न बिनम्र आग्रह गर्दछु । वडा कार्यालयमा बसेर हिसाब गरेपछि तिर्ने भनेर हिड्पछि पछि नतिर्ने र अनेक बहाना नबनाउन आग्रह गर्दछु ।’
उता वडासचिव पाण्डेले भने आफुलाई विभिन्न शीर्षकमा रकम खायो भनेर वडा कार्यालयले भनेपछि आफुले त्यसरी नै हिसाब बुझाएको बताए । ‘वडा अध्यक्षले विभिन्न शिर्षकमा रकम अनिमितता गरेको भनेपछि मैले पनि वडामा सञ्चालन भएको ९४ लाखको २.५ प्रशितको दुई लाख ३५ हजार रुपैया भयो भनेर भनेको हुँ ।’
वडा कार्यालयले हिसाब मिलान गर्न भन्दै पत्राचार गरेपछि सचिव पाण्डेले वडाकार्यालयमा उपस्थित नभई जिल्ला हुलाक कार्यालय मार्फत पत्र पठाएर हिसाब बुझाएको देखिन्छ । मिति २०७५ भाद्र २४ गते पठाईएको पत्रमा पाण्डेले वडा कार्यालयमा सञ्चालन भएका ९४ लाखको २.५ प्रशितले हुन आउने २ लाख ३५ हजार, वर्षभरि काम गर्दा वडाले छुट्याएको ३० हजार , बिदाई खर्च तथा अप्रेशन गर्दा लागेको खर्च ३० हजार गरी २ लाख ९५ हजार आफुले पाउनुपर्ने हिसाब निकालेको देखिन्छ ।
 

अन्य समाचारहरु