सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले नेकपाका कार्यकर्ताहरुले वास्तविक चरित्र देखाएको टिप्पणी गरेका छन ।
अर्घाखाँचीको सदरमुकाममा सन्चारक्रर्मीहरुसँग सम्क्षीप्त कुराकानी गर्दै नेता थापाले दुईतिहाईको दम्भमा काङ्ग्रेसलाई जिस्काउन खोजे त्यस्को प्रतिकार गर्ने चेतावनी दिनु भएको छ ।
नेता थापाले लोकतान्त्रिक ब्यबस्थामा कसैले बिरोध गरेको भरमा त्यसको खन्डन गर्ने समेत क्षमता नभएर बोलेको भरमा हात पात गर्ने कार्यक्रमहरुमा अबरोध श्रृर्जना गर्ने जस्ता किर्याकलाप नरोके काङ्ग्रेसले त्यसको प्रतिकार सदन सडकबाट गर्ने चेताबनी दिनु भयो ।
थापाले काङ्ग्रेस प्रतिपक्षमा बसेर रचनात्मक भुमिका खेलेको अबस्थामा काङ्ग्रेसका नेताहरु माथि समेत नेकपाका कार्यकर्ताले जाई लागेको बताउदै त्यसको जबाफ सदनमा सरकारले दिनु पर्ने बताउनु भयो । उहाले नेकपाको दुईतिहाई को सरकाले जन्तालाई दिएको उपाहार भष्टचार मात्र भएको बताउदै काङ्ग्रेसलाई जिस्काए त्यसको पणिराम नराम्रो हुने बताउनु भयो ।