सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लायन्स /लियो क्लब काठमाडौं लर्ड बुद्धद्वारा आयोजित २ दिने निशुल्क स्वास्थ शिबिर को एक कार्यक्रम बिच समापन भएको छ।
पुर्ब उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी को प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे मा.निर्मला क्षेत्री सन्धीखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल प्रहरी नायब उपरीक्षक प्रकाश बिस्ट शसत्र प्रमुख जिल्ला अनुस्न्धान प्रमुख सनपा वडा न ५ का वडा अध्यक्ष लगायत को उपस्थिति रहेको थियो ।
आँखा नदेख्ने का लागि दृस्टि ,कान नसुन्नेका लागि श्रुति ,सुस्त मनस्थितीको लागि स्मृति र अपांग का लागि लठ्ठी भन्ने मुल नाराका साथखडा गरिएको क्लब ले समापन समारोह को कार्यक्रम मा वृद्ध वृद्धा हरु लाई सम्मान गर्नु को साथै लायन्स क्लब अफ काठमाडौं लुम्बिनी द्वारा आयोजित विद्यार्थी हरुका लागि पोशाक तथा स्टेसनरी समान समेत बितरण गरेको थियो।
करिब १४०० भन्दा बढी सेबा ग्राही हरु ले निशुल्क सेबा लिएको समापन कार्यक्रम को सन्चालन क्लब का उपाध्यक्ष राम श्रेष्ठ र अध्यक्षता क्लब कै अध्यक्ष हरि अधिकारी ले गरेका थिए ।