डट्कम संवाददाता
सन्धिखर्क । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले धर्म सस्कृतीको सरक्षण गर्दै समुन्नत मुलुक निर्माण गर्नु पर्ने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका अर्घाखाँची ले अायोजना गरेको दशै तथा तिहार छट पर्व बिशेश शुभकामना अार्दान प्रदान कार्यक्रम लाई सन्धिखर्कमा सम्बोधन गर्दै तथा विकास गर्ने तर्फ अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
रायमाझीले समय अनुसार रितिरिजावलाई परिवर्तन गरि आम जनतालाई मान्य हुने गरि चार्ड पर्व हरु पुरानो भन्दा नया तरिका बाट मनाउने तर्फ सबैलाई अगाडि बढन अाग्रह गर्नु भयो ।
कार्यक्रममा राष्टिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले पर्वहरुलाई अब समय छोटोे बनाएर नया तरिका बाट अगाडि बढे बिकृर्ति बिसङगति कम हुने बताउदै सहि तरिकाले चार्डपर्ब मनाउने तर्फ लाग्न अागर्ह गर्नुभयो ।
प्रदेश साम्सद निर्मला क्षेत्रीले लोकतन्त्रको अनुभुति हुने गरि चाडपर्व मनाउन पाईयोस भनि शुभकामना ब्यक्त गर्दै लोकतन्त्र को सरक्षण गर्नु सबै नेपाली को दायित्व भएको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख पिताम्बर सर्मा ले शुभकामना दिनु भएको थियोे ।
शुभकामना कार्यक्रममा सन्धिखर्क नगरपालीका नगर प्रमुख कमल प्रसाद भुसाल ले नगरपालिका को बिकासका लागि सबै सासद जिल्ला बासि राजनीति दलहरु नगरबासि एकजुट हुनु पर्ने बताउनु भयो ।भुसालले कर्मचारी कार्यलय प्रमुख पटकपटक सरुवा हुदा पनि बिकास निर्माण मा अप्ठ्यारो परेको बताउदै बजेट बिनियोजन पछि बजेट अन्तय सम्म कार्यलय प्रमुख सरुवा गर्ने परिपाटी अन्तय गर्न अाग्रह गर्नुभयो।
कार्यक्रममा छत्रदेव गाउँपालीका अध्यक्ष लेखनाथ पोख्रेल सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी विजयराज पौडैल नेकपाका नेता पिताम्वर भुसाल नेपाली काग्रेस जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान राष्ट्रिय जनमोर्चाका गोविन्द विसी सघिय समाजबादीका नेता पुस्करनाथ आचार्य विबेशिल साझा पार्टिका अध्यक्ष हरि प्रसाद भुसाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकालि उद्योग वाणिज्य सघका बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल,चेम्वरअफ कर्मशका अध्यक्ष अशोक कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम नगरपालिका प्रमुख कमल प्रसाद भुसालको अध्यक्ष ता प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली को स्वागत मन्तब्य शाखा अधिकृत गोबिन्द केसि को सन्चालन मा सम्पन्न भएको कार्यक्रममा नगरपालिका स्तरिय राजनीति दलका नेताहरु वार्ड अध्यक्ष हरु कार्यपालिका सदस्य हरु नगरसभा सदस्य हरु सुरक्षा निकाएक प्रमुख हरु उधोगि ब्यबसाहि हरु कर्मचारी पत्रकार हरु को सहभागी ता रहेको थियो ।