वाङ्लाको वलेवाँङमा सम्पन्न स्वस्थ्य शिविरमा पत्रकार दिपक भुसाल सम्मानित

उमेश घिमिरे
वलेवाँग, अर्घाखाँची  (अर्घाखाँची डटकम् )। सन्धिखर्क नगर पालिका ५ वाङ्लाको वलेवाँगमा विश्व मुटु दिवसको अवसरमा आयोजित दुई दिने वृहत स्वास्थ्य शिविरमा स्थानीयले ठुलो राहत पाएका छन । सशस्त्र प्रहरी वल नेपाल सशस्त्र प्रहरी अस्पताल वलम्खु र नेपाल रेडक्रस सोसाईटीको प्रविधिक सहयोगमा संचालन भएको शिविरमा स्थानीयहरुको स्वस्थ्य जाँच भएको थियो । 
दुरदराजका दुर्गम वस्तिमा विशेषज्ञ डाक्टर र अस्पतालको अभावले सामान्य स्वस्थ्य उपचार समेत नपाउदा त्यही रोग जटिल वन्दै जाने र त्यही रोगका कारण मृत्यु हुने भएकोले यस क्षेत्रमा यो शिविर आवश्यक महसुस गरेको हुदा यस वस्तिमा शिविर ल्याउने योजना वनाउनु परेको कल्वका अध्यक्ष हरी अधिकारी वताउनु हुन्छ । 
यसरी संचालित दुई दिने शिविरमा लियो लाइन्स कल्व काठमाडौं  लर्ड वुद्धको यस कार्यक्रममा अर्घाखाँची डटकम र पत्रकार दिपक भुसालको योगदान महत्वपूर्ण रहेको भन्दै कल्वले पत्रकार दिपक भुसाललाई सम्मान पत्र र सन्धिखर्क नगर पालिकाले मायाको चिनोले सम्मान गरेको छ ।

अन्य समाचारहरु