सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय अर्घाखाँचीबाट दशैं र तिहारका लागि नयाँ नोट सटाई शुरु भएको हुने भएको छ ।
बैकबाट बिहिवार दिनभर टोट सटाई गरिने बैकका प्रबन्धक गुणानिधि भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।
बैकबाट बिहिबार र शुक्रबार कर्जा, तथा निक्षेप ग्राहक तथा अन्य सरोकारवाला आम सर्बसाधण ब्यक्तिहरुलाई नोट बितरण गरिने म्यानेजर भुसालले जानकारी दिनु भयो ।
न्यून तथा मध्यम आय भएका परिबारलाई ध्यानमा राख्दै प्रति ब्यक्ति २००० का दरले चार हजार जनालाई साना दरका नयाँ नोट ४ हजार थान नसक्किउनसम्म बितरण गरिने भएकोले बैकमा सम्पर्क राख्न आफुले आग्रह गरेको जानकारी भुसालले दिनु भयो ।
बैकका कर्मचारीहरु नोट सटाईको तैयारीका लागि बुधबार पनि राति सम्म कार्यालयमा खटिरहेका छन ।