अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं. ७ नरपानीमा बिजया दशमी तथा शुभ दिपावली बेला सवारी साधनमा यात्रा गर्दा हुन सक्ने चोरी, तथा बढी भाडा लिने जस्ता गतिविधी नियन्त्रण सम्बन्धि विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी नरपानी अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ७ नरपानीमा प्र.स.नि. सुर्य प्रसाद पन्थीले सवारी साधनमा यात्रा गर्दा हुन सक्ने चोरी, तथा बढी भाडा लिने जस्ता गतिविधी नियन्त्रण सम्बन्धि विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको थियो ।