सुर्य भुसाल
मलारानी । मालारानी गाउँपालिकाकाे साेताखाेला आरुगैरा चाैरी लिप्ट खानेपानी योजनाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ले खानेपानी अब मालारानीमा प्रयाप्त हुने बताउनु भएको छ । मालारानी गाउँपालिकाकाे करिब १ कराेड २ लाखकाे लागतमा निर्माण गरिएको साेताखाेला आरुगैरा चाैरी लिप्ट खानेपानी याेजनाको उदघाटन गर्दै रायमाझीले बिकास निर्माणले तिब्रता लिएको बताउनु भएको हो ।
कार्यक्रममामा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य उपाघ्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनी लगाएतका अतिथिहरुले मन्तब्य राखेका थिए ।
सो खानेपानी आयोजनाबाट १६० घर धुरि लाभान्वित हुने योजना अधिकृत नेत्र खनालले जानाकारी दिनु भयो । आयोजना तोकिएको समय भन्दा ३ महिना अगाडि उपभोक्ता समितिले सम्पन्न गरेको थियोे ।
मालारानीका प्राबिधिकहरुको प्रत्येक्ष निगरानिमा बनेको योजना गुणस्तरीय बनेको स्थानियको भनाई छ ।